तेश्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी सुरु

काठमाडौं । सरकारले तेश्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारीको सुरुवात गरेको छ ।

आगामी बैशाख १९ देखि २५ गते सम्म भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजना हुन लागेको सम्मेलनका लागि विभिन्न उपसमितिहरु गठन गरी तयारीको सुरुवात गरेको हो । सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयमा बसेको ‘२५ सय ६४ औं बुद्ध जयन्ती तथा तेश्रो अन्तराष्ट्रिय बौद्ध सम्मेलन २०७७ आयोजक समिति’को बैठकले विभिन्न उपसमिति गठन गरेको हो ।

बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्री तथा समितिका अध्यक्ष योगेश भट्टराईले वृक्षारोपण तथा सरसफाई उपसमिति, अनुष्ठान कार्यका लागि उपसमिति, प्रदेश समन्वय उपसमिति लगायतका उपसमितिहरु गठन गरिएको बताए ।

उनँले बैशाख १९ देखि २५ गते सम्म सप्ताहब्यापि कार्यक्रमहरु सञ्चालन गरिने र २३ गते तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको उद्घाटन हुने बताए । सम्मेलनमा स्थानीय नगरपालिकाहरुको नेतृत्वमा विभिन्न थेमेटिक सेसन सञ्चालन हुने र अन्तिम दिन २५ गते लुम्बिनी क्षेत्रमा विश्वशान्ति ¥यारी आयोजना गरिने मन्त्री भट्टराईले बताए ।

सम्मेलनमा करिब २५ देशका ३२ राज्यका प्रनिधिहरुलाई निमन्त्रणा पठाउन लागिएको मन्त्री भट्टराईले जानकारी दिए । यसबाहेक विश्वभरका बौद्धधर्मसँग सम्बन्धित संघसंस्था तथा प्रतिष्ठानहरु, बौद्ध विद्धान धर्मगुरु तथा ब्यक्तिहरुले पनि सम्मेलनमा सहभागिता जनाउने छन् ।

त्यस्तै खर्च र व्यवस्थापनका लागि ‘कार्य सम्पादन तथा आर्थिक कार्यविधि २०७६’ निर्माण भइसकेको समेत उनले बताए । सम्मेलनका लागि सरकार, लुम्बिनी विकास कोष, नेपाल पर्यटन वोर्ड, भ्रमण वर्ष सचिवालय र व्यक्तिगत तथा संस्थागत तवरबाट बजेटको व्यवस्थापन हुने सेमत मन्त्री भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?