प्रदेशमा खटिए ४०० कर्मचारी

काठमाडौं, १५ माघ- प्रदेशको मुख्यमन्त्री, प्रदेश प्रमुख, सातै मन्त्रालय र प्रदेशसभा सचिवालयमा गरी सरकारले ४ सय कर्मचारी खटाएको छ। सामान्य प्रशासन मन्त्रालयले सातै प्रदेशमा सफलतापूर्वक कार्यसञ्चालन गर्न झन्डै ४ सय कर्मचारी खटाइसकेको मन्त्रालयका प्रवक्ता सहसचिव शिवराम न्यौपानेले जानकारी दिए। अन्नपूर्ण पोस्टमा खबर छसामान्यका अनुसार हाल खटिएका ४ सयसहित प्रदेशमा तत्काल आवश्यक २ हजार ९ कर्मचारी तत्काल खटाउने गृहकार्यलाई अन्तिम रूप दिइएको प्रवक्ता न्यौपानेले बताए। सरकारले एक साताअघि प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा प्रदेश मन्त्रिपरिषद् कार्यालय, प्रदेशमा रहने ७ मन्त्रालय र प्रदेशसभामा आवश्यक कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको थियो। सोअनुसार सामान्यले कर्मचारी खटाउन थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?