आज सुनको मूल्य स्थिर, चाँदी बढ्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी ७६ हजार २०० रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदीको मूल्य भने सामान्य बढेको छ ।

आइतबार तोलामा ८८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार ८९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?