टिके डन इन्काउन्टर प्रकरणमा एसएसपीको निद हराम

काठमाडौं, १५ माघ- शनिबार साँझ एकाएक एउटा सूचना भाइरल बन्यो, डकैत घटनाका नाइके ‘टिके’ भन्ने टीकाबहादुर मगर प्रहरी इन्काउन्टरमा मारिएअनुसन्धान गर्ने निकाय महानगरीय प्रहरी अपराध महाशाखाबाटै उक्त सूचना बाहिरिएको थियो। महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीले अधिकांश सञ्चारमाध्यममा ‘प्रहरीको गोलीले टिके ढल्यो’ भन्दै प्रतिक्रिया दिएका थिए तर उनको उक्त प्रतिक्रिया आधा घन्टा पनि टिकेन। फेरि महाशाखाले भन्यो, ‘टिके जिउँदै छ, मरेको छैन। उपचारका लागि काठमाडौं ल्याइयो।’जिम्मेवार निकायबाट फैलिएको भ्रामक सूचनाले अहिले प्रहरीमा लफडा सुरु भएको छ। महानगरीय प्रहरी प्रमुख एआईजी जयबहादुर चन्दले ‘टिके कहिले मर्‍यो भन्ने, कहिले घाइते भन्ने ? यस्तो सूचना कसरी लिक भयो ? ’ भन्दै लोहनीसँग प्रस्टीकरण मागेका छन्लोहनीले भने गलत सन्देश सुनाएको भन्दै चितवन रामनगरमा टिकेको खोजीमा जुटेको प्रहरी टोलीलाई झपारेको बताइएको छ। हात र तिघ्रामा गोली लागेर अचेत बनेको टिके मर्‍यो भन्दै प्रहरी टोलीले लोहनीलाई सूचना दिएको थियो। त्यही सूचनालाई आधिकारिक मान्दै बाहिर ल्याएको लोहनीले बताएका छन्‘प्रारम्भिक सूचना जे आयो, त्यही रिले गरें तर पछि अस्पताल ल्याएपछि टिके बाँचेको खबर आयो,’ लोहनीले भने, ‘गलत सूचना सुनाउने प्रहरीमाथि सोधपुछ गर्दै छु।’ घाइते टिकेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ, अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?