भारत भ्रमणमा किन निस्किए पूर्वराजा ज्ञानेन्द्र ?

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह हिजो (आइतबार) पत्नी कोमलका साथै परिवारका अन्य सदस्यसहित दुई हप्ता लामो भारत भ्रमणमा निस्किएका छन् ।

ज्ञानेन्द्र हिजो अपरान्ह ५ बजे नेपाल एयरलाइन्सको उडानमार्फत दिल्ली भ्रमणमा निस्केका हुन् । दिल्ली सँगसँगै उनले चन्दीगढ लगायतका ठाउँ पनि भ्रमण गर्ने बताइएको छ ।

परिवारका सदस्यसहित गएकाले निजी भ्रमण बताइएपनि राजनीतिक भेटघाटको कार्यक्रम पनि रहेको अनुमान गरिएको छ । केहीले भने दिल्लीस्थित कालिबाबा आश्रममा जारी महामृत्युञ्जय महायज्ञमा सहभागी हुन गएको अनुमान पनि गरेका छन् ।

पूर्वराजा १८ गते स्वदेश फर्किनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?