हेलिकप्टरबाटै कालापानी अवलोकन गरी फर्कियो उपप्रधानमन्त्रीको टोली

काठमाडौं । नेपाल सरकारका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको टोली मौसम खराबीका कारण हेलिकप्टरबाटै कालापानी क्षेत्र अवलोकन गरी फर्किएको छ ।

सोमबार बिहान साढे ८ बजे उडेको टोली बिहान ९ बजे फर्केको हो । कालापानी क्षेत्रमा अत्याधिक हिमपातका कारण अवतरण हुन नसकेपछि नेपाली सेनाको एनए ०५८ नम्बरको हेलिकोप्टरबाटै टोलीले उक्त क्षेत्रको अवलोकन गरेका हुन् ।

टोलीमा उपप्रधान एवं रक्षामन्त्री पोखरेलसहित दार्चुला जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला बडाल जोशी, प्रदेशसभा सदस्य गेल्वुसिंह बोहरा र मानबहादुर धामीलगायत सुरक्षा अधिकारीहरु पनि थिए ।

नेपालको व्यास गाउँपालिकाको छांगरु र तिंकरमा हिमपातका कारण ६ महिना मात्रै मानिसको बसोबास हुने गरेको छ। बाँकी ६ महिना त्यहाँका मानिसले जिल्ला सदरमुकाम खलंगामै बसोबास गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?