ओलीका कारण एमसिसी कार्यदल अन्योलमा

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे स्पष्ट हुन बनाएको कार्यदल अन्योलमा परेको छ। कार्यदलले रिपोर्ट नदिँदै पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले एमसिसीलाई सरकारको उपलब्धिमा समेट्नु र संसद्बाट पास हुने बताउनुले कार्यदल अन्योलमा परेको हो। प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिले उनकै चाहनाबमोजिम प्रतिवेदन तयार पार्नुपर्ने दबाबामा कार्यदल परेको छ। माघ १५ देखि १९ सम्म बसेको नेकपा केन्द्रीय कमिटी बैठकमा अधिकांश सदस्य एमसिसीको विपक्षमा उभिएपछि पार्टीले त्यसबारे स्पष्ट हुन तीन सदस्यीय कार्यदल बनाएको थियो नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?