सेल्टा डी भिगोसँग रियलको बराबरी

काठमाडौं । शीर्ष स्थानको रियल मड्रिडले स्पेनिस लिगमा बराबरी खेलेको छ । आईतबार राति भएको खेलमा रियलले सेल्टा डी भिगोसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

स्मोलोभले खेलको ७ औं मिनेटमा गोल गर्दै सेल्टालाई सुरुवाती अग्रता दिलाएका थिए । टोनी क्रुसले ५२ औं मिनेटमा रियलका लागि बराबरी गोल गरे । सर्जियो रामोसले ६५ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै रियललाई अगाडी बढाएका थिए ।

खेल सकिन ५ मिनेट बाँकी रहदा सेल्टाका मिना लोरेन्जोले गोल गर्दै रियलसंग अंक खोस्न सफल रहे । लिगमा १४ खेल बाँकी रहदाँ रियलले दोस्रो स्थानको बार्सिलोनासंग एक अंकको अग्रता लिएको छ ।

रियल ५३ अंक सहित शीर्ष स्थानमा छ । सेल्टा २१ अंक सहित रेलिगेशन जोन भन्दा एक स्थान माथि छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?