ब्रेसियालाई पराजित गर्दै युभेन्ट्स शीर्ष स्थानमा

काठमाडौं । युभेन्ट्स इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राति भएको खेलमा १० खेलाडीमा सिमित ब्रेसियालाई २-० गोल अन्तरले पराजित गर्दै युभेन्ट्स शीर्ष स्थानमा उक्लिएको हो ।पहिलो हाफको ३७ औं मिनेटमा फ्लोरिन आएले रातो कार्ड पाएपछि ब्रेसिया १० खेलाडीमा समेटिएको थियो ।

खेलको ३९ औं मिनेटमा पाउल डिबलाले गोल गर्दै युभेन्ट्सलाई १-० को अग्रत दिलाए । त्यसपछि खेलको ७५ औं मिनेटमा जुवान काउड्राडोले गोल गर्दै युभेन्ट्सलाई २-० को जित दिलाए ।

जितसँगै युभेन्ट्सले २४ खेलबाट ५७ अंक जोडेको छ । ब्रेसिया १६ अंक जोडेर रेलिगेशनमा रहेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?