१७ माघ २०७९, मंगलवार

मोहन वैद्यले प्रचण्डलाई लगाए अहिलेसम्मकै खतरनाक आरोप

२०७४,भाद्र,३१,शनिवार १४:४८

0
Shares

रुपन्देही, ३१ भदौ ।नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कम्युनिष्ट नभएको तर नाटक गर्न सिपालु भएको टिप्पणी गरेका छन ।क्रान्तिकारी पत्रकार महासंघ जिल्ला समिति, रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा वैद्यले कम्युनिष्ट भएर कम्युनिष्टकै बद्नाम गरिरहेको चर्चा गरे ।माओवादी केन्द्रसँग आफ्नो पार्टीको कुनै पनि हालतमा एकता नहुने पनि वैद्यले प्रष्ट पारे । प्रचण्डको काँग्रेससँग कुरा मिल्ने भएकाले काँग्रेससँग एकता गरे ठिक हुने वैद्यले बताए । सच्चा क्रान्तिकारीबीच एकता र धु्रवीकरण हुनेभएकाले यसका लागि मसाल, विप्लवसँग छलफल चलिरहेको वैद्यले खुलासा गरे ।अध्यक्ष वैद्यले उत्पीडकबाट उत्पीडित जनतामा राज्यसत्ता आए मात्रै वास्तविक जनताको शासन सत्ता आउने र त्यसले मात्र जनताको अधिकार सुनिश्चित हुने बताउँदै पार्टी मुलुककै वैकिल्पक शक्तिका रुपमा उदयमान हुने दाबी गरे ।संविधानले गणतन्त्र, धर्म निरपेक्षता, संघीयताजस्ता केही कुराको सुनिश्चितता गरे पनि आदिवासी जनजाति, दलित, मधेसी, मुश्लिमलगायत समग्र जनताको अधिकारलाई ग्यारेन्टी गर्न नसकेको उनको भनाई थियो ।

प्रकाशित मिति: २०७४,भाद्र,३१,शनिवार १४:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राप्रपा नेपालका उपाध्यक्ष लाक्पा तामाङलाई प्रहरीले पक्राउ गरेको छ । सिंहदरबारस्थित दक्षिण गेटबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी

काठमाडौं । नागरिकता विवादमा सर्वोच्चको फैसलापछि गृहमन्त्रीबाट हटेको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पुनः गृहमन्त्रीमा फर्किने जमर्को गरिरहेका छन्

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच आज शिष्टाचार भेटवार्ता भएको छ

कर्णाली । कर्णाली प्रदेश सरकारले लुम्बिनी प्रदेशबाट सञ्चालन हुँदै आएका कर्णाली प्रदेशका प्रहरी संरचना कर्णालीमा सार्न पहल गर्ने भएको छ

ताजा समाचार

सीमा विवाद समाधान गर्न समिति गठन
 २०७९,माघ,१७,मंगलवार १२:४४