पूर्वसभामुख महराको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं जबरजस्ती करणी उद्योगको आरोपमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।
स्रोतका अनुसार भोली सोमबार सो मुद्दाको फैसला आउने छ।

जिल्ला अदालत काठमाडौंले महराको मुद्दामा दुबै पक्षका वकिलहरुको बहस सकिए पनि समय अभावको कारण आज फैसला नहुने बताएको हो । न्यायधीश अमरराज पौडेलेको इजलासले आइतवार बहस भएको थियो। महराको पक्षमा वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, शेरबहादुर केसी, भीमार्जुन आचार्य, सविता भण्डारीलगायतले बहस गरेका थिए।

त्यस्तै सरकारी पक्षबाट उमाकान्त खनाल लगायतले बहस गरेका थिए।

गत असोज १२ गते संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाही माथि बलात्कार प्रयासको आरोपमा महरामाथि लागेको थियो। पीडित महिलाले प्रहरीमा किटानी जाहेरी दिएपछि गत असोज १९ गते अदालतको अनुमतिमा प्रहरीले महरालाई सभामुख निवास बालुवाटारबाट पक्राउ गरेको थियो।

महरा अहिले डिल्लीबजार कारागारमा छन्।- फाईल फोटो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?