२०७४, १४ माघ आईतवार २२:२३

सोनाम ल्होछारको अवसरमा नुवाकोटको गोरस्याङमा भव्य कार्यक्रम


प्रकाशित मिति : २०७४, १४ माघ आईतवार २२:२३

नुवाकोट, १४ माघ– २८५४औं सोनाम ल्होछारको अवसरमा नुवाकोट तारकेश्वर स्थित गुर्जा मेन्दो युवा क्लवले शनिवार विशेष कार्यक्रमसहित साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ कार्यक्रममा गन्तव्य नेपाल ग्रुपका अध्यक्ष तथा स्थानिय समाजसेवी शिव अधिकारीले विविध जातजाति, भाषभाषिको कला संस्कृतिको जगेर्ना गर्नको लागि आफ्नो सहयोग निरन्तर रहने बताउँदै यसलाई एउटा उत्सवकै रुपमा विकास गरिनु पर्ने बताउनु भयो । उहाँले स्थानिय क्लव तथा सामुदायिक भवन निर्माणको लागि पनि आफ्नो पहल रहने बताउनु भयो । हजारौंको संख्यामा सहभागी रहेका स्थानिय कार्यक्रममा काठमाडौंबाट अधिकारीको नेतृत्वमा टुर्गानका उपाध्यक्ष थानेश्वर देवकोटा, समाजसेवी माधव प्रकाश सुवेदी, चर्चित गायिका रानु निरौला र स्थानीय समाजसेवी मोतीराम ढकाललगायतको टोली उक्त कार्यक्रममा उपस्थिति भएको थियो सो कार्यक्रममा स्थानिय भेषभुषा झल्किने सांगीतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । चर्चित गायिका रानु निरौलाको बेजोड प्रस्तुतिले कार्यक्रम स्थलमा रहेका स्थानीयहरुले भरपुर रुपमा मनोरञ्जन लिएका थिए भने उक्त कार्यक्रममा निरौलाको प्रस्तुतिले कार्यक्रम स्थलमा छुट्टै रौनकता छाएको थियो ।

प्रतिक्रिया दिनुहोस