हेर्नुहोस् सोमवारको राशिफल

वि.सं. २०७६ फाल्गुन ०५ गते । सोमबार । इ.स.२०२० फेब्रुवरी १७ तारिक । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । ने.सं. ११४० सिल्लागा । फाल्गुन कृष्णपक्ष । तिथी– नवमी,१८ बजेर ५० मिनेट उप्रान्त दशमी । नक्षत्र– अनुराधा,०९ बजेर २४ मिनेट उप्रान्त ज्येष्ठा । योग– व्याघात,१४ बजेर १७ मिनेट उप्रान्त हर्षण । करण– तैतिल,०७ बजेर ३० मिनेट उप्रान्त गर,१८ बजेर ५० मिनेट उप्रान्त वणिज । आनन्दादिमा मानस योग । चन्द्रराशि–बृश्चिक । काठमाडौंमा सूर्योदय ६ बजेर ४२ मिनेटमा, सूर्यास्त १७ बजेर ५४ मिनेटमा । दिनमान २८ घडी ०१ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ ): खानपान तथा मौसममा ध्यान दिनुहोला नत्र स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । धेरै समय दिएमात्र व्यापार व्यावसायमा आम्दानी गर्न सकिनेछ । सामाजिक काममा समय दिन नसकिने हुनाले जिम्मेवारी वहन नगर्नु नै ठिक हुनेछ । अध्ययनमा मन नजानाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । प्रेममा धोका हुनेछ । भौतिक सम्पती प्रयोग गर्दा ध्यान दिनुहोला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो ): व्यापारको शिलशिलामा लामो दुरीको यात्राको अधिक सम्भावना रहेको छ । भने व्यावसायमा लगानी गरी प्रशस्त नाँफा कमाउन सकिनेछ । अध्ययन,लेखन,कला साहित्य तथा गित संगितमा चासो बढ्नेछ भने तपाईको प्रतिभाको उच्च कदर हुनेछ । प्रेम सम्वन्धमा विस्वासको वातावरण बढ्नेछ । भौतिक साधनहरु जुट्नेछन् प्रविधिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा ): सत्रुमाथि वीजय गर्न सकिनेछ तथा आट,शाहस,हिम्मतले कामहरु सम्पादन हुनेछन् । अध्ययनमा एक कदम अगाढि बढि नतिजा हात पार्न सकिनेछ । पुराना ऋण तिर्न सकिने तथा रोग केही भए विषेक हुनेछ । मामा मावली पक्षसँग बिग्रेका सम्बन्ध सुधार हुनेछ । पछी सम्म आम्दानी भईरहने व्यावसाय सुरु गर्न सकिनेछ । प्रेमको डोरो कसिलो हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो ): राम्रा काम गरी अरुको विस्वास जित्न सकिनेछ । धैर्यधारण गरी काम गर्नाले कामहरु समयमा नै सम्पन्न हुनेछन् । नयाँ प्रविधिको प्रयोग मार्फत आम्दानीका स्रोतहरु बढाउँन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनार लगाउँदै विजय भईनेछ । स्कुल,कलेज,बैक तथा बित्तिय क्षेत्रको लगानी अथवा त्यो सँग सम्वन्धीत कामहरुबाट सन्तुष्टी हुन सकिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे ): सजग नबन्दा आफन्त टाडनेछन् भने अध्ययन तथा कामको शिलशिलामा लामो दुरीको कष्टकर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ । व्यापारमा मन्दी आउँने भएपनि कृषी तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । छोटो समयका लागी हेरिने फाईदाले पछी लाई घाटा हुन सक्छ । योजनाहरु तत्काल सार्वजनिक नगर्नुनै उत्तम हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो ): उद्योग तथा व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । खेदकुद तथा पराक्रमी क्रिर्याकलापमा भाग लिनेहरुका लागि समयले साथ दिनेछ भने चाहेको उपलव्धी हासिल गर्न सकिनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउँन सकिनेछ । दाजुभाई तथा छिमेकिको साथ पाईनेछ । लेखन तथा साहित्यमा रुची बड्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते): वन्द व्यापारमा लगानी गरी आर्थिक क्षेत्र बलियो बनाउँन सकिनेछ । पहिले लगानी गरेका रकमहरु उठ्ने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा कुटुम्व सँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तको सहयोगले हरेक क्षेत्रमा प्रगती गर्न सकिनेछ । रमाईलो जमघटमा सामेल भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा भैपरी आउने समस्याहरु सहजै समाधान हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू ): सामाजिक काम गर्दा ध्यान दिनुहोला समयमा काम नसकिने तथा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ । पढन पाढनमा ध्यान जाने छैन भने बिभिन्न अवसर आएपनि निर्णय क्षमताको अभावले अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसाय खस्केर जाने हुँनाले आम्दानीका स्रोतहरु साघुरिनेछन् । माया प्रेममा धोका तथा घर परिवारमा आफन्तसँग घरायसी कुरामा राय बाजिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे ):  खर्च बढेपनि उपलव्धिमुलक कामहरु हुनेछन् । लामो दुरिको विदेश यात्राको अधिक सम्भावना रहेको छ । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर धन कमाउँन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । समयमा कामहरु फत्ते गरी नाम तथा दाम दुवै कमाउँन सकिनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउँन सक्छ । पढाई लेखाईमा ध्यान नदिदा अरुभन्दा पछि परिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी ): कार्यक्षेत्रमा तपाईको कामको उचित मुल्याङकन हुनेछ । व्यापार व्यावसायमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । अध्ययनमा भनेजस्तो नतिजा हात लागी हुनेछ । प्रेममा सामिप्यता बढेर जानेछ । ईच्छा तथा चाहनाहरु पुरा हुने समय रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा ): सामाजिक काम गरी ईज्जत प्रतिष्ठा कमाउँन सकिनेछ । व्यावसायमा लगानीका प्रस्ताव आउँने तथा मनग्गे धन आर्जन गर्न सकिने हुनाले जीवन शैलिमा परिवर्तन हुनेछ । पढाइमा मन जानेछ भने पढाइकै सवालवा लामो दुरीको यात्राको तय हुनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । कृषी तथा पशुपालन क्षेत्रमा लगानी बढाई आम्दानी वढाउन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची ): नाँफामुखी व्यापार भन्दा सेवामुखी व्यापार व्यावसाय फस्टाएर जानेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक उपलव्धी हासिल हुनेछ । पढाइ लेखाइकै शिलशिलामा लामो तथा छोटो दुरीको यात्रा हुनेछ । स्वास्थ्य सवल हुनाले पुरुषार्थी काम गरी आम्दानी बढाउँन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा पति पत्नी विच अझ विश्वास बढेर जानेछ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?