ट्रिपल रोलमा देखिँदै अक्षय कुमार, फोटोमा लेखे ‘एक से भले दो, दो से भले तीन’

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमार ब्यस्त एक्टरहरु मध्येका एक हुन् । यो समयमा उनी धेरै नै प्रोजेक्टहरुमा ब्यस्त छन् ।

उनी लगातार एक पछि अर्काे आफ्ना प्रोजेक्टको डिटेल शेयर गरिरहेका हुन्छन् । अहिले पनि उनले एउटा नयाँ प्रोजेक्टको बारेमा जानकारी दिएका छन् ।

अक्षयले आफ्नो सोशल मिडिया अकाउण्टमा एउटा फोटो शेयर गरेका छन् । उक्त तस्बिरमा उनी फरक तीन अवतारमा देखा परेको देख्न सकिन्छ ।

तस्बिरको क्याप्सनमा उनले अब छिट्टै नै आफ्ना दर्शकहरुका लागि मनोरञ्जनात्मक कुरा लिएर आउँने बताएका छन् । उनले फोटोको क्याप्सनमा लेखेका छन् ‘बाप रे बाप’ ।

यसबाट दर्शकहरुले सजिलै अब आउँने फिल्मको नाम भएको अनुमान लगाएका छन् । र कसैले भने विज्ञापन सम्बन्धीको फोटो भएको आँकलन गरेका छन् ।

वर्क फ्रन्टको कुरा गर्ने हो भने अक्षय कुमार क्याटरिना कैफसँग सूर्यवंशीमा नजर आउँने छन् । साथै यो बाहेक पनि उनीसँग बटम, बच्चन पाण्डे, लक्ष्मी बाम्ब र पृथ्वीराज जस्ता फिल्म पनि छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?