कोका–कोलाको नयाँ टिभी कमर्सीयल सार्वजनिक

काठमाडौं । कोका–कोलाले नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ। कम्पनीले ५औं ‘कोका–कोला मोःमोः’उत्सव क्याम्पेनका लागि सार्वजनिक गरिएको जनाएको छ ।

साथै कोकाकोलाले यस वर्ष विभिन्न परिकारसहित मोःमोःउत्सव गर्ने भएको छ। उक्त अभियानको ट्यागलाइन ‘खाना जे होला स्वाद बढाउन कोका–कोला’ रहेको कम्पनीले जनाएको छ ।

यो टिभीसीमा अभिनेत्री साम्रागी आर।एल। शाह र अलिशा राई र गायिका केन्जल श्रेष्ठ, जेय अथर र आइजेन लगाएत रहेका छन् । यस टिभीसीले कोक उपभोक्ताहरुलाई खाना खाने समयमा उनीहरुको साथीहरु र परिवारसँग जोड्ने प्रयास गरेको छ ।

यसले नेपालीहरुलाई आफ्ना प्रियजनहरुसँग कोकको साथ सामान्य भोजनलाई रमाइलो खानामा परिणत गर्न प्रेरित हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?