१०५ वर्षकी वृद्धाले गरिन् प्रथम श्रेणीमा चार कक्षा पास !

काठमाडौं । शिक्षा लिनका लागि कुनै उमेर हुँदैन । तपाई जुन कुनै उमेरमा पनि अध्ययन गर्न सक्नुहुन्छ । तर हाम्रो समाजका केहि मानिसहरु भने शिक्षा भन्ने कुरा केवल बच्चा बेलामा मात्र लिने मनशाय र सोचका हुने गर्दछन् ।

यदि कोहि पनि वृद्ध व्यक्ति बुढेसकालमा शिक्षा लिन चाहायो भने त्यसलाई मिहेनतको कदर गर्नुको सट्टा मानिसको उमेर तिर ध्यान दिन्छन् ।

भारतको केरलामा १०५ वर्षकी भागरथी नामकी एक वृद्धाले ४ कक्षाको परिक्षा दिएर पास गरेकी छिन् । उनले आफूले पाएको उक्त सफलता पछि आफू ९ वर्षको हुँदा आमाको मृत्यु भएको र त्यसपछि अध्ययन गर्न नसकेको भारतीय सञ्चारमाध्यासँग बताएकी छन् ।

”घरको जिम्मेवारीका कारण पढ्न सकिन, त्यसपछि विवाह भईहाल्यो” उनले भारतीय सञ्चारमाध्यामसँगको कुराकानीका क्रममा भनिन् । तर पढ्न धेरै नै मन भएको कारणले उनलाई गएको वर्ष छोराले राज्यको साक्षरता अभियान अन्तर्गत ४ कक्षामा भर्ना गरिदिएका थिए ।

यो वर्षको ६ फेब्रुअरीमा उनको रिजल्ट आएके थियो । उक्त परिक्षामा उनले ७४ दशमलव ५ प्रतिशत अंक प्राप्त गरेकी थिइन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?