२०७६, ४ फाल्गुन आईतवार १४:२१

सोमबार दुई अर्बको ट्रेजरी बिल बिक्री हुने


प्रकाशित मिति : २०७६, ४ फाल्गुन आईतवार १४:२१

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार दुई अर्ब बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले सोमबार बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागेको हो । बैंकले एक सूचनामार्फत ९१ दिने अवधिका लागि टे«जरी बिल बिक्री गर्न लागेको जनाएको छ ।

उक्त टे«जरी बिल आगामी जेठ ६ गते परिपक्व हुनेछ । बैंकले यसअघि माघ २७ गते १० करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया दिनुहोस