शरीरका यी ठाउँमा कोठी भए धेरै पैसा खर्च हुन्छ !

काठमाडौं । हामीले केहि न केहि व्यवसाय वा काम गरिरहेका नै हुन्छौँ । तर हामीले जति नै धेरै कमाए पनि किन हातमा पैसा रहँदैन वा पैसा हातमा पर्नासाथ किन सकिन्छ भन्ने बारेमा थाहा नहुन सक्छ । तर आज हामी त्यसको बारेमा तपाईहरुलाई जानकारी दिन्छौँ ।

आफ्ना यी अंगमा कोठी छ भने तपाइँको हातमा पैसा टिक्दैन । समुन्द्र शास्त्रका अनुसार शरीरका विभिन्न भागमा हुने कोठीले फरक फरक फल दिन्छन् । तर कतिपय भागमा कोठी भएमा तपाइँसँग भएको पैसा खर्च हुने वा व्यय मात्र भईरहने हुन्छ ।

कुन भागमा कोठी भएका व्यक्तिको हातमा पैसा टिक्दैन ?

१. बायाँ गालामा कोठी हुनु खर्चालु हुने लक्षण हो । त्यस्ता व्यक्तिको हातमा पैसा परे पनि खर्च भईरहन्छ ।
तिनीहरुले बचत गर्न सक्दैनन् ।

तल्लो ओठमा कोठी छ भने धनको कमी हुन्छ । तर माथिल्लो ओठमा यदि कसैको कोठी भए त्यस्तो व्यक्ति कामुक हुने समुन्द्र शास्त्रमा पाइन्छ ।

२. बायाँ हत्केलामा कोठी हुनेहरु पनि धेरै खर्चालु हुने गर्दछन् ।त्यस्ता व्यक्तिहरुले पनि पैसा बचत गर्न असम्भव रहेको कुरा समुन्द्र शास्त्रमा उल्लेख छ।

३. बायाँ खुट्टामा कोठी हुनु पनि पैसा नटिक्ने संकेत हो । त्यस्ता व्यक्तिले पैसा बचाउन नसक्ने शास्त्रमा उल्लेख छ । यदि चोरी ‌औलामा कोठी छ भने त्यस्ता व्यक्तिले जीवनमा धनको अभाव भोग्ने गरेको कुरा शास्त्रमा उल्लेख छ ।

 ४. हत्केलामा वृहस्पति पर्वतमा कोठी छ भने त्यस्ता व्यक्तिले पनि धन बचाउन सक्दैनन् । तिनीहरुलाई पैसा हात लागेपनि बचत नहुने कुरा शास्त्रमा उल्लेख गरिएको छ ।

५. बायाँ आँखि भौँमा कोठी भएका व्यक्ति पनि धेरै खर्चालु हुने गरेको शास्त्रको उल्लेख छ। त्यस्ता व्यक्तिहरुले विलासिताका लागि धेरै पैसा खर्च गर्ने समुन्द्र शास्त्रमा उल्लेख छ ।

६. बायाँ आँखामा कोठी हुनु पनि रोगमा पैसा जाने संकेत हो । त्यस्ता व्यक्तिको पैसा उपचारमा धेरै खर्च हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?