जहाँ कुकुरसँग बालबालिकाको विवाह गराइन्छ !

काठमाडौं । संसारमा अझै पनि धेरै अन्धविश्वासहरु छन् । जसलाई आज सम्म पनि मानिसहरुले पछ्याईरहेका छन् । भारतको जमशेदपुरस्थित आदिवासीहरुको बाहुल्य रहेको आदित्यपूर गाउँमा एउटा अन्धविश्वासको परम्परा अझैसम्म पनि छ ।

गाउँमा यदि कुनै पनि बच्चाको पहिले माथिको दाँत झर्‍यो भने त्यसलाई ठूलो अलक्षिन मान्ने गरिन्छ ।

सोहि अलक्षिनलाई भगाउनका लागि बच्चाहरुको कुकुरसँग विवाह गराइदिने प्रचलन रहेको छ । बालकहरुलाई कुकुर्नीसँग र बालिकाहरुलाई कुकुरसँग जोडी बाधिदिने यो अन्धविश्वास आजसम्म पनि त्यहाँका मानिसहरुले पालना गर्दै आएका छन् ।

आफ्ना छोराछोरीलाई कुकुरसँग विवाह गराउने बाबुआमाले खराब ग्रहलाई काट्नका लागि यस्तो गर्नुपरेको बताउँने गरेका छन्।

सानैमा कुकुरसँग विवाह गराइदिएपछि ठूलो हुँदा उनीहरुलाई ग्रहदशाले पछ्याउन नसक्ने त्यहाँका मानिसहरुको विश्वास छ ।

उक्त आदिवासी समाजमा अलक्षिन हटाउने नाममा यो कुप्रथा चलेको हजारौँ वर्ष भइसकेको छ । अहिले पनि ति आदिवासीहरु यसलाई आफ्नो संस्कृतिकै अंगका रुपमा मान्छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?