जहाँ रक्सीको नाम लिँदा पनि कारवाही हुन्छ !

काठमाडौं । रक्सीको सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ । यो कुरालाई बेवास्ता गर्दछन् । भारतमा रहेको एउटा गाउँमा रक्सी पिउनु त टाढैको कुरा रक्सीको नाम लिनु पनि पाप मान्ने गरिन्छ।

भारतको प्रतापगढ नजिकमा रहेको टाँडा गाउँमा रक्सीको नाम लिनु नै पाप मानिन्छ । उक्त गाउँको जनसंख्या लगभग २ हजार छ ।

उक्त गाउँमा वर्षौदेखि रक्सीको नाम पनि उच्चारण गरिँदैन । लबाना समुदायका मानिसहरु बस्ने त्यो गाउँमा रक्सी पिएको र बेचेको भेटिएमा कारवाही हुन्छ । पिउनु र बेच्नु त परेको कुरा त्यो गाउँमा रक्सीको शव्द उच्चारण गर्नुलाई पनि पाप ठानिन्छ ।

पञ्चायतले २० वर्ष अगाडि नै गाउँमा रक्सी पिउन तथा रक्सीका बारेमा कुराकानी गर्न पनि बन्देज लगाएको थियो।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?