भृकुटीमण्डपमा जुत्ता मेलाः १५ देखी ५० प्रतिशतसम्म छुट !

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा प्रतिष्ठित जुत्ता कम्पनीहरुको बृहत जुत्ता चप्पल मेला चलिरहेको छ । नेपालका विभिन्न प्रतिष्ठित ब्राण्डहरु शिखर शुज, वीएफ, डीएरहील, ल्यान्डवाक, रनशुज तथा शुल्याण्डले मेलाको आयोजना गरेका हुन् । नेपालमा नै उत्पादन भएका विभिन्न ब्राण्डका जुत्ता तथा चप्पलहरु विक्रिका लागि राखिएको आयोजकले जनाएको छ ।

मेलामा १ सयदेखी हजारसम्मका विभिन्न ब्राण्डका चप्पल तथा २ सय ५० देखि ८ हजारसम्मका जुत्ताहरु विक्रीका लागि राखिएको छ । भने १५ देखी ५० प्रतिशतसम्म छुट रहेको आयोजकले जनाएको छ ।

समय-समयमा लाग्ने यस्ता मेला भन्दा यस पटकको मेला फरक रहेको छ। हजारौं मोडलका जुत्ता चप्पल पाइने उक्त मेलामा बच्चा, युवक, वृद्ध सबैलाई मिल्ने खालका जुत्ता चप्पल पाइन्छ। जाडो, गर्मी दुवै मौसमलाई मिल्ने खालका जुत्ता चप्पल पाइने आयोजकले जनाएको छ।

नेपालमा जुत्ता चप्पलको बजार प्रबद्र्धन गर्ने उदेश्यका साथ गत फागुन १ गतेबाट मेला सञ्चालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?