काठमाडौं । उपल्लो मुस्ताङको घिलिङ र घामीका विभिन्न विद्यालयमा विद्यार्थीहरुलाई ज्याकेट वितरण गरिएको छ । नारायणी बोडिङ स्कुल चितवनका पूर्व विद्यार्थीहरुले उपल्लो मुस्ताङका विद्यार्थीहरुलाई न्यानो ज्याकेट वितरण गरेका हुन् ।
एक कार्यक्रम गरि उपल्लो मुस्ताङका १६० जना विद्यार्थीलाई न्यानो कपडा (ज्याकेट) वितरण गरिएको हो । सो कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता एंव पूर्वमन्त्री रोमी गौचन थकालीले मुस्ताङको विकासमा अहिलेका स-साना बालबालिकाहरूको योगदान भविष्यमा महत्वपूर्ण हुने बताए ।
उनले बालबालिकाहरुलाई राजनीतिप्रति चित्त नदुखाउन आग्रह पनि गरे । थकालीले राजनीतिमा अहिले भएको पुस्ताले के ग-यो के गरने भन्ने आफ्नो ठाउमा भएको बताउदै नेपालमा राजनीतिक विकृतिका कारणले गर्दा समस्या भएको स्पष्ट पारे । नेता थकालीले राजनीतिमा मात्र नभइ समाजमा नै कमीकमजोरी भएको बताउदै त्यसलाई सुधार गरेर जान आवश्यक रहेको बताए ।
उनले जनता सधैँ दास जस्तो भएर गाउँको ठालुले जहा भोट हाल भन्यो त्यही भोट हाल्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए । नेता थकालीले विद्यार्थीका लागि शिक्षकहरू नै भगवान रहेको भन्दै शिक्षकले सिकाएको कुराहरू आत्मसात गर्न बालबालिकालाई आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया