निवर्तमान सभामुख महरा प्रकरण : आज अन्तिम सुनुवाइ

काठमाडौं । संसद सचिवालयकै कर्मचारीलाई बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको अन्तिम सुनुवाइ सुरु भएको छ ।

न्यायाधीस अमराज पौडेलको इजलासमा अन्तिम सुनुवाई सुरु भएको हो । बहस सकिए आजै फैसला हुने बताइएको छ । महराको जिल्ला अदालत काठमाडौंमा सुनुवाई सुरु भएको हो ।

महरा बलात्कार प्रयास गरेको आरोपमा १९ असोजमा पक्राउ परेका थिए । महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि कारागार पठाएको थियो । उक्त आदेशविरुद्ध महराले मंसिर ५ गते उच्च अदालत गएका थिए ।

उच्च अदालतले पनि महरालाई थुनामा राख्न जिल्ला अदालतको आदेशलाई सदर गर्दै एक महिनामा मुद्दा टुङ्याउन आदेश दिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?