कौशलको भ्यालेन्टाइन गिफ्ट ‘मेरी पूजा’ (भिडियोसहित)

काठमाडौं । प्रतिभाशाली युवा गायक कौशल राज खड्काले आफ्नो नयाँ म्युजिक भिडियो ‘मेरी पूजा’ सार्वजनिक गरेका छन् ।

प्रेम दिवसको अवसर पारेर सार्वजनिक गरिएको यस गीतमा स्वर र संगीत गायक कौशल राज खड्काको रहेको छ भने गीतको शब्द रचना विशाल मल्लले गरेका हुन् । त्यस्तै गीतको संगीत संयोजन मनोज चौलागाईले गरेका हुन्।

हास्यरस र रोमान्टिक तरिकाले प्रस्तुत गरिएको म्युजिक भिडियोलाई सुबल दंगालले खिचेका हुन् । गीतको कोरियोग्राफी सियोन नेवारले गरेका छन् ।

भिडियोमा हिमांशु कार्की (मिस्टर हिम्ज़) , आशिका श्रेष्ठ र नेहा लिम्बुको मुख्य भूमिका रहेको छ भने गीत प्रलभ ढुंगाना, आश्मा गिरी र कौशल राज खड्काको लगानीमा निर्माण भएको हो । भिडियोलाई नायिका आश्मा गिरीले निर्देशन गरेकी हुन् ।

नेफोली क्रियशनको अफिसिएल युट्युब च्यानल मार्फत सार्वजनिक भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?