काठमाडौं । फ्रेन्च लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजीले) पुछारको क्लब एमिन्ससँग बराबरी खेल्दै अंक बाँडेको छ । शनिबार राति भएको खेलमा पीएसजीले एमिन्ससंग ४–४ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
सेहरो गुरासीले खेलको पाँचौ मिनेटमा एमिन्सलाई सुरुवाती अग्रता दिलाए । २९ औ मिनेटमा गेल काकुटाले घरेलु टोली एमिन्सको अग्रता दोब्बर बनाए ।
फौसिनी डायबेटले ४५ औ मिनेटमा घरेलु टोलीलाई ३–० को स्थितीमा पुर्याएका थिए । पहिलो हाफको अन्तिम मिनेटमा पीएसजीका एन्ड्रे हेरेराले गोल गरे ।
दोस्रो हाफमा नियान्जो कावासीले लगातार दुई गोल गर्दै पीएसजीलाई बराबरीमा फर्काएका थिए । ६० औ मिनेटमा पहिलो गोल गरेका उनले ५ मिनेटको अन्तरमा दोस्रो गोल गर्दै पीएसजीलाई खेलमा फर्काएका थिए ।
मौरो ईकार्डीले ७४ औ मिनेटमा गोल गर्दै पीएसजीलाई ४–३ ले अगाडी बढाएका थिए । तर खेलको अन्तिम मिनेटमा एमिन्सका गुरासीले दोस्रो गोल गर्दै पीएसजीसँग अंक खोस्न सफल भएका थिए ।
बराबरीको नतिजासँगै पीएसजीले दोस्रो स्थानको मार्सेलीसंग १३ अंकको स्पष्ट अग्रता कायम राखेको छ । एमिन्स २१ अंक सहित रेलिगेशन जोनमा रहेको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया