स्पेनिस ला लिगा फुटबल : बार्सिलोनाद्वारा गेटाफे पराजित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले गेटाफेलाई पराजित गरेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई २-१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा बार्सिलोनाका लागि एन्टोनियो ग्रिजम्यान र सेर्गी रोबर्टोले समान एक एक गोल गरे । गेटाफेका एन्जल रोड्रिगेजले एक गोल फर्काए ।

खेलको ३३ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ३९ औं मिनेटमा रोबर्टोले गोल गर्दा पहिलो हाफमा बार्सिलोना २-० ले अघि रह्यो ।

दोस्रो हाफको ६६ औं मिनेटमा रोड्रिगेजले एक गोल फर्काएपनि बार्सिलोनाले २-१ को जित हात पार्यो । जितसँगै बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसँगको अंक बराबरी गरेको छ ।

बार्सिलोनाले २४ खेलमा ५२ अंक जोडेको छ । बार्सिलोना दोस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको रियलको पनि ५२ अंक रहेको छ ।

लिगमा ४२ अंक जोडेको गेटाफे तेस्रो स्थानमा रहेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?