अभिनेत्री रिश्मा गुरुङले गरिन् बिहे

काठमाडौँ। अभिनेत्री रिश्मा गुरुङ बैबाहिक जीवनमा बाँधिएकी छन् । शुक्रवार पोखरामा प्रेमी सन्दिप गुरुङसँग लगनगाँठो कसेकी हुन् । विवाह समारोहमा दुलहा र दुलही पक्षका सीमित परिवारको मात्र उपस्थिति रहेको थियो ।

रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी’ मा अभिनय गरेपछि चर्चामा आएकी उनी पछिल्लो पटक ‘कबड्डी’ को तेस्रो पार्टमा देखिएकी थिइन् ।

रिश्माले ‘कबड्डी’ को दुई सिरिजमा प्रमुख भूमिका निर्वाह गरेकी थिइन् । ‘कबड्डी’ को तेस्रो सिरिजमा भने उनको सानो भूमिका थियो ।

उनको ठाउँमा निर्देशक रामबाबु गुरुङले अभिनेत्री उपासना सिंह ठकुरीलाई सोल्टिनीको भूमिकामा प्रस्तुत गरेका थिए ।

‘कबड्डी’ पछि रिश्माले ‘झुम्की’ नामक चलचित्रमा अभिनय गरेकी थिइन् । उनले केही गुरुङ चलचित्रमा पनि अभिनय गरेकी छन् ।उनी अब फिल्म क्षेत्रबाट टाढा हुने बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?