२ हजार ८ सय ९९ जनालाई स्मार्ट लाइसेन्स वितरण

कैलाली, १४ माघ–सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढीले चालू ९ महिनामा ६ हजार स्मार्ट लाईसेन्सको दस्तुर लिइसकेको र हालसम्म २ हजार ८ सय ९९ जनालाई स्मार्ट लाइसेन्स वितरण गरेको छ चालु आर्थिक वर्षको साउनदेखि स्मार्ट लाइसेन्स वितरण गर्न थालेको हो । हालसम्म नविकरण र प्रतिलिपीलाई मात्र वितण गर्ने गरेको थियो तर अब खुल्ले नया“ लाइसेन्स लिनेलाई स्मार्ट लाइसेन्स वितरण गर्नेे सेती अञ्चल यातायात व्यवस्था कार्यालय कैलालीले जनकारी दिएको छ अहिलेसम्म सेती अञ्चल यातायात व्यवस्था कार्यालय कैलालीले पुरानो लाइसेन्स नविकरण र प्रतिलिपीलाई मात्र स्मार्ट लाइसेन्स वितरण गरिदै आएपनि नया“ लाइसेन्सको हकमा तुरुन्तै खोलेका सवारी साधका लाइसेन्स भने स्मार्ट लाइसेन्स वितरण गर्ने काम थालिने सेती अन्चल यातायात व्यवस्था कार्यालयका प्रमुख कृष्ण भुसालले जानकारी दिए विद्युतीय रिक्साको हकमा त्यो व्यवस्था लागु नभएपनि केही समयपछि सो प्रक्रिया पनि सुरु गर्ने तयारी रहेको यातायात व्यवस्था कार्यालयले जनाएको छ नयाँ लाइसेन्सका पनि चाडै अनलाईन मार्फत फारम भर्ने व्यवस्था मिलाइने भएको छ । हालसम्मको ९ महिनाको अवधिमा ६ हजार स्मार्ट लाईसेन्सको दस्तुर लिईसकेको छ । हालसम्म २ हजार ८ सय ९९ जनालाई स्मार्ट लाइसेन्स वितरण गरिएको सेती यातायात व्यवस्था कार्यालयका प्रमुख भुसालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?