किशोरीको नर्मम हत्या

सल्यान । सल्यानमा एक किशोरीको हत्या भएको छ । शुत्रबार त्रिवेणी गाउँपालिका वडा नम्बर १ तल्लो काभ्रा निवासी १७ वर्षिय कविता बोहोराको घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार किशोरीको घाँटीको स्वासनलीमा काटेर हत्या भएको अवस्थामा शव फेला परेको हो ।

शुक्रबार ९ बजेसम्म कविता कोठामा एक्लै पढिरहेकी अभिभावकले बताएका छन् । परिवारका सदस्यले रातको एक बजेतिर कविताका भतिजा बिरामी भएर वान्ता गर्न थालेपछि कवितालाई उठाउन जाँदा कोठामा थिइनन् ।

परिवारका सदस्यले कवितालाई नदेखेपछि खोजी गरेका थिए । खोजी गर्दा घरबाट १५ मिटरको दुरीमा रहेको गाई गोठमा मृतअवस्थामा भेटेको प्रहरीले जनाएको छ ।

घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?