हेर्नुहोस् फागुन ४ गते आइतबारको राशिफल

वि.सं. २०७६ फाल्गुन ०४ गते । आईतबार । इ।स।२०२० फेब्रुवरी १६ तारिक । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । ने.सं. ११४० सिल्लागा । फाल्गुन कृष्णपक्ष । तिथी– अष्टमी,२० बजेर १५ मिनेट उप्रान्त नवमी । नक्षत्र– विशाखा,१० बजेर १८ मिनेट उप्रान्त अनुराधा । योग– ध्रुव,१६ बजेर ४१ मिनेट उप्रान्त व्याघात । करण– बालव, ०९ बजेर ०६ मिनेट उप्रान्त कौलव,२० बजेर १५ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा उत्पात योग । चन्द्रराशि–बृश्चिक । काठमाडौंमा सूर्योदय ६ बजेर ४३ मिनेटमा, सूर्यास्त १७ बजेर ५४ मिनेटमा । दिनमान २७ घडी ५७ पला । अष्टमी व्रत। गोरखकाली पूजा।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ): खानपान तथा मौसमको ख्याल नगर्नाले स्वास्थ्यमा समस्या आउन सक्छ । कार्यक्षेत्रमा आलोचना गर्नेहरु बढ्ने तथा काम विग्रने भएले सताउनेछ । व्यापार व्यावसायमा मन्दी आउने तथा आम्दानी घट्नाले दैनिकी प्रभावित हुनेछ । पढाइ लेखाइमा मन नजानाले नतिजा आफुतिर ल्याउन मुस्किल पर्नेछ । प्रेममा धोका हुन सक्छ ध्यान दिनुहोला ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) भौतिक स्रोेत साधनको प्रयोग मार्फत व्याक्तित्वलाई निखार्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा व्यापारकै शिलशिलामा लामो दुरिको मनोरञ्जनात्मक यात्रा हुनेछ । साथीभाई तथा प्रेमीकाको सहयोग पाईनाले मन प्रशन्न रहनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजाको साथ अग्र स्थानमा तपाईँको नाम आउनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा): स्रोत साधन जुटाई नयाँ कामको थालनी गर्न सकिनेछ । व्यापार फस्टाएर जाने तथा थप लगानी गर्ने वातावरण बनाउन सकिनेछ । प्रतिस्पर्धीलाई किनारा लगाउदै अधिकार तथा प्रतिष्ठा जोगाउन सफल होईनेछ । पढाइ लेखाइमा गरिएको मेहनेतबाट भनेजस्तो प्राप्ताङक हात पार्न सकिनेछ । राम्रोसँग मेहनेत गर्नेहरुका लागि समय फलदायी रहनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो): आफन्त तथा छोराछोरीको प्रगतीमा मन रमाउँनेछ । बौद्धिक तथा प्राज्ञिक क्षेत्रमा लगानी गरि मनग्गे धन आर्जन गर्न सकिनेछ भने विद्यार्थीहरुका लागि समय उत्तम रहेकोछ । मन परेको मानिसबाट भौतिक सम्पती तथा उपहार प्राप्त हुने योग रहेकोछ । शेयर बजारको लगानी विगत भन्दा सुधार भएर जानेछ । प्रेममा रमाउन चाहानेहरुका लागि समय फलदायी रहेकोछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे): कार्य सम्पादन गर्ने सवासलमा आफ्नै भन्नेहरुले बाधा तथा अवरोध गर्नेछन् । काममा खुट्टा तान्नेहरु सक्रिय हुनेछन् । आफन्त तथा आमासँग टाढिने योग रहेकोछ । व्यापारमा लगानी गर्नको लागि केही समय धैर्यधारण गर्नुहोला । तरपनी कृषी,पशुपालन तथा पुर्खौली पेशाबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । नचाहादा नचाहादै पुराना सम्झौताहरु भंग गर्नुपर्दा मन खिन्न हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो): व्यापार व्यावसायमा लगानी गरि प्रशस्त नाफा कमाउन सकिनेछ । भौतिक स्रोत साधन जुट्नाले काम गर्न सहज हुनेछ । आटिला तथा पुरुशार्थी काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । मन परेको मानिसलाई लिएर यात्रामा निस्कन सकिनेछ । सामाजिक काम गरी जनताको समर्थन जुटाउन सकिनेछ । लेखेरै नाम तथा दाम दुवै कमाउन सकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते): सयममा काम गरी प्रशंसक तथा समर्थकहरु जुटाउन सकिनेछ । बुद्धि तथा बाणिको माध्यामले धेरैको मन आफु तिर खिच्न सकिनेछ । परिवारका साथ रमाईलो गर्दै मिष्टान्न भोजनका साथ रमाउँन सकिनेछ । गित संगित तथा मोडलिङ पेशा व्यावसायमा समय लगानी गर्दै हुनुहुन्छ भने समय फलदायी रहेकोछ । अध्ययनमा मन जानेछ भने खोजीमुलक क्षेत्रमा रुची बढ्नेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू): खानपान तथा वाहिरी वातावरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या देखिन सक्छ । अध्ययनमा मन नजानाले बौद्धिक क्षेत्र सागुरो हुनेछ । व्यापारमा मन्दी आउनाले आर्थिक अवस्था खस्कनेछ । माया प्रेममा एक अर्कालाई शंका गर्नाले मनमुटाव सिर्जना हुनेछ । कार्यक्षेत्रमा आलोचना गर्नेहरु सक्रिय हुनेछन् । तरपनी ईमान्दार तथा लगनशिल भएर लाग्नाले उपलव्धी हात पार्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे): पढाइ लेखाइमा मन नजादा भनेजस्तो नतिजा हात पर्न सकिने छैन । काम गर्दा वा सवारी चलाउदा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा वढी नै समय दिएमात्र नतिजा हात पार्न सकिनेछ । तापनी विदेशी सामानको खरिद बिक्रिबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने विदेश यात्राको गतिलो योग रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी): सुखद समाचारले आजको दीन उत्साह पुर्वक बित्नेछ । सहपाठी तथा प्रतिस्पर्धीहरुलाई उछिन्दै बिषेश अवसरमा सहभागी हुने अवसर जुर्नेछ भने मेहनेतले बौद्धिक क्षेत्र फराकिलो हुनेछ । रोकिएका काम बन्ने तथा नयाँ काम सुचारु गर्न सकिनेछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत आम्दानी बढाउँन सकिनेछ । व्यापारमा दिगो आर्थिक लाभ हुने योजना शुभारम्भ गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा): राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागि जनताको समर्थन पाईने तथा पद प्राप्तीको योग रहेकोछ । व्यावसायमा लगानी वढाई मनग्गे धन आर्जन गर्न सकिनेछ भने बिभिन्न अवसरहरुले पछ्याउनेछन् । प्राकृतिक स्रोत तथा सम्पतीको प्रयोग गरी आए बढाउन सकिनेछ । पढाइ लेखाइमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची): बौद्धिक,प्राज्ञिक तथा सिर्जनात्मक कामबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा बिशेष रुची बढ्नेछ । दार्शनिक विषयवस्तुमा मन जाने हुनाले फराकिलो ज्ञान आर्जन गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले प्रशस्त आम्दानी हुनेछ । दाम्पत्य सुख, प्रेम सम्वन्ध तथा पारिवारिक सम्वन्ध सुमधुर हुनेछ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?