१० नेपालीलाई वुहानमै छाडेर नेपाल उड्यो विमान

काठमाडौँ । चीनको बुहानमा रहेका १७५ नेपालीलाई लिएर नेपाल एयरलाइन्सको विमान स्वदेशका लागि उडेको छ ।
बुहान विमानस्थलमा चेकजाँचको क्रममा ६ जनाको स्वास्थ्य प्रतिकूल देखिएपछि विमानस्थलले नेपाल फर्कन उनीहरुलाई रोक लगायो भने ४ जना फर्किन चाहेनन् ।

बेइजिङस्थित नेपाली दूतावासले ४ जना नेपाली स्वदेश फर्किन नचाहेको र ६ जना नेपालीलाई भने चेकजाँचका क्रममा स्वास्थ्यमा समस्या देखिएपछि विमान चढ्नबाट रोकेका जनाएको छ । ६ जनामा कोरोनाको आशंका देखिएकाले उनीहरुलाई रोकेको बताइएको छ ।
१७५ जना नेपाली बोकेर नेपाल एयरलाइन्सको विमान आइतबार बिहान २ बजे भित्रुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ । यसअघि नेपाल फर्किन १८५ जनाले फारम फरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?