हनुमानढोका, स्वयम्भू सम्पदामार्गको अध्ययन शुरु

काठमाडौँ, १४ माघ – विश्व सम्पदामा सूचीकृत हनुमानढोका र स्वयम्भूलाई सम्पदा मार्गका रुपमा विकास गर्नका लागि त्यस क्षेत्रका जनप्रतिनिधि र युनेस्कोका प्रतिनिधिले आज स्थलगत अध्ययन गरेका छन् प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठको नेतृत्वमा प्रदेशसभा सदस्य राजेश शाक्य, स्थानीय तहका प्रतिनिधिका साथै युनेस्कोका नेपाल प्रतिनिधि क्रिस्टाइन म्यानहार्टको नेतृत्वमा एक समूहले संयुक्तरुपमा त्यस क्षेत्रको अध्ययन गरेको हो स्थानीयवासी, सम्पदाविद् लगायतले उक्त प्रतिनिधिमण्डललाई त्यस क्षेत्रमा पर्ने विभिन्न मठ, मन्दिर, ढुंगेधारा लगायतका सम्पदाबारे जानकारी गराएका थिए । हनुमानढोकादेखि करिब तीन किलोमिटर पैदलमार्ग भई स्वयम्भूसम्मका प्राचीन सम्पदाको अध्ययनपछि त्यस क्षेत्रलाई सम्पदा मार्ग बनाउन आवश्यक नीति तथा गृहकार्य गरिने प्रतिनिधिसभा सदस्य श्रेष्ठले जानकारी दिनुभयो यसअघि करिब दुई साता अगाडि श्रेष्ठले युनेस्कोका प्रतिनिधि म्यानहार्टलाई सो क्षेत्रलाई सम्पदा मार्गका रुपमा अगाडि बढाउन सहयोगको प्रस्ताव राख्नुभएकोमा उहाँहरु सकारात्मक रहनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?