टाउकोसहितको मानव कंकाल फेला

जितपुर, कपिलवस्तु, १४ माघ  – यहाँको बुद्धभूमि नगरपालिका–२ हरपुरा खोलामा आज दुईवटा टाउकोसहितको मानव कंकाल फेला परेको छ घटनास्थलबाट दुई जोर चप्पल र दुई थान मोबाइलसमेत फेला परेको इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक मनोहरराज श्रेष्ठले जानकारी दिनुभयो वनमा दाउरा लिन गएका स्थानीयले मानव कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलको प्रकृति र कंकालका आधारमा दुई महिना अगाडि घटना घटेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?