फागुन १५ मा लगनगाँठो कस्दै प्रियंका र आयुष्मान

काठमाडौं : अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी यहि फागुन १५ (२७ फेब्रुअरी) गते विवाह बन्धनमा बाधिँदै छन्।

‘इन्गेजमेन्ट’ भएको करिब दुईवर्ष पछि उनीहरु विवाह बन्धनमा बाँधिन लागेका हुन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा तस्विर सार्वजनिक गर्दै उनीहरुले आफ्नो विवाह मिति सार्वजनिक गरेका हुन्। ‘भ्यालेन्टाइन डे’को अवसर पारेर उनीहरुले फागुन १५ को मिति सार्वजनिक गरेका छन्।

त्यसो त एक महिना अघि नै विवाह हुने पक्का भएपछि प्रियंका आफ्ना नजिकका साथीहरुसँग ब्याचलर पार्टी मनाउन थाइल्यान्ड पुगेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?