विकास बैंकको कुल नाफा ३ अर्ब नाघ्यो, कस्ले कति आर्जन गरे ?

काठमाडौं । चालू आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासिक पुर्ण रुपमा सकिएको छ । आवको यस अवधिमा विकास बैंकहरुले आफ्नो वित्तीय विवरण सार्वजनिक गरेका छन् । राष्ट्रिय स्तरका विभिन्न ११ वटा विकास बैंकहरुले चालू आवको मध्यावधिमा ३ अर्ब २ करोड ४७ लाख ४६ हजार रुपैयाँ नाफा कमाउन सफल भएको तथ्यांकले देखाएको छ । यो वाणिज्य बैंकहरुको भन्दा बढि नाफा हुन आउँछ । अघिल्लो आवको यहि अवधिमा विकास बैंकहरुको नाफा २ अर्ब ६२ करोड ३६ लाख रुपैयाँ रहेको थियो । विकास बैंकहरुले अघिल्लो आवको यहि अवधिको तुलनामा ४० करोड १० लाख रुपैयाँ नाफा बृद्धि गरेका छन् । त्यसलाई मूल्यांकन गर्दा बैंकको यस अवधिको तुनलनामा तुलनामा करिव १५ दशमलव २८ प्रतिशतले बृद्धि गरेका हुन् ।

आवको यस अवधिलाई समिक्षा अवधिको रुपमा हेर्ने गरिन्छ । यस अवधिको बैंकको वित्तीय अवस्थाले बाँकि रहेको अवधिको वित्तीय अवस्था कस्तो हुने भन्ने कुराको मूल्यांकन गर्न सकिन्छ । आवको यस अवधिमा सबैभन्दा बढि नाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ । आवको दोस्रो त्रैमासिकको अवधिमा मुक्तिनाथको नाफा ४७ करोड भन्दा बढि रहेको छ । त्यस्तै गरिमा, कैलाश, महालक्ष्मी विकास बैंकले क्रमश धेरै नाफा कमाउनेको सूचिमा रहेका छन् ।

कुन विकास बैंकको नाफा कति ?

मुक्तिनाथ विकास बैंक

मुक्तिनाथ विकास बैंकले चालू आवको यस अवधिमा आफ्नो वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार बैंकले पुस मसान्तसम्मको अवधिमा ४७ करोड २५ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । आवको दोस्रो त्रैमासिकसम्ममा विकास बैंक मध्ये सबैभन्दा बढि नाफा कमाउने बैंकको रुपमा रहेको छ । गत आवको यहि अवधिको तुलनामा बैंकले करिव ९ दशमलव ९३ प्रतिशतले नाफा बृद्धि गरेको छ । गत आवको यस अवधिमा बैंकको नाफा ४२ करोड ९८ लाख रुपैयाँ रहेको थियो ।

गरिमा विकास बैंक

गरिमा विकास बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकमा ३२ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले अघिल्लो आवको यहि अवधिको तुलनामा नाफा १० दशमलव ०२ प्रतिशतले नाफा बृद्धि गरेको तथ्यांकले देखाएको छ । बैंकले गत आवको यहि अवधिमा २९ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकले २ करोड ९६ लाख बढि नाफा बृद्धि गरि बढि नाफा कमाउनेको दोस्रो नम्बरमा सुचिकृत रहेको बैंकले जनाएको छ ।

कैलाश विकास बैंक

कैलाश विकास बैंकले चालू आवको दोस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा बैंकले कुल नाफा ३१ करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गरि बढि नाफा कमाउनेको तेस्रो नम्बरमा रहेको छ । त्यस्तै बैंकले अघिल्लो आवको यस अवधिको तुलनामा करिव ७ दशमलव १७ प्रतिशतले नाफा बृद्धि गरेको छ । गत आवको यहि अवधिसम्मको तुलनामा बैंकले २ करोड ११ लाख बढि नाफा आर्जन गरेको तथ्यांकले देखाएको छ । अघिल्लो आवको यहि अवधिमा बैंकको खुद नाफा २९ करोड ४० लाख रुपैयाँ रहेको थियो ।

महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैंकले चालू आवको दोस्रो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार बैंकले ३० करोड ५० लाख ७९ हजार कुल नाफा कमाएको छ । बैंकले अघिल्लो आवको तुलनामा नाफा बृद्धिमा उल्लेख्य सुधार गर्न सफल भएको छ । गत आवको यस अवधिको तुलनामा बैंकको त्यस्तो नाफा १९ करोड ७६ लाख रहेको थियो । भने बैंकले ५४ दशमलव ५३ प्रतिशत अर्थात १० करोड ७४ लाख रुपैयाँ नाफा बृद्धि गर्न सफल भएको बैंकले जनाएको छ ।

शाइन रेसुङ्गा डेभलवमेन्ट बैंक

शाइन रेसुङ्गा डेभलवमेन्ट बैंकले चालू आवको दोस्रो त्रैमासिकमा ३० करोड ७ लाख नाफा कमाएको छ । अघिल्लो आवमा बैंकको नाफा १९ करोड ९० लाख रुपैयाँ रहेको थियो । भने बैंकले गत आवको तुलनामा करिव ५१ दशमलव १२ प्रतिशत अर्थात १० करोड १७ लाख रुपैयाँ नाफा बृद्धि गरेको छ । यससँगै बैंकले राष्ट्रिय स्तरका विभिन्न ६ बैंकहरुलाई पछि पार्दै वित्तीय अंक सुधार गर्न सफल भएको छ ।

ज्योति विकास बैंक

ज्योति विकास बैंकले चालू आवको दोस्रो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार यस अवधिको बैंकको नाफा २८ करोड ८ लाख ३४ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको यहि अवधिको तुलनामा बैंकले करिव ६४ दशमलव ७६ प्रतिशत नाफा बृद्धि गर्न सफल भएको छ । गत आवको यहि अवधिमा बैंकको तुलनामा ११ करोड ३ लाख ८६ हजार रुपैयाँ नाफा बृद्धि गरेको छ । गत आवमा बैंकको खुद नाफा १७ करोड ४ लाख ४७ हजार रहेको थियो ।

लुम्बिनी विकास बैंक

लुम्बिनी विकास बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक सम्मको नाफा सार्वजनिक गरेको छ । जस अनुसार बैंकले २५ करोड २१ लाख ४८ हजार नाफा कमाएको छ । गत आवको तुलनामा बैंकले यस अवधिमा शुन्य दशमलव ७० प्रतिशत नाफा बृद्धि गरेको छ । बैंकले अघिल्लो आवको समिक्षा अवधिको तुलनामा १७ लाख रुपैैयाँ नाफा बृद्धि गरेको छ । अघिल्लो आवको यहि अवधिमा २५ करोड ३ लाख ९४ हजार खुद नाफा कमाएको थियो ।

गण्डकी विकास बैंक

गण्डकी विकास बैंकले चालू आवको दोस्रो त्रैमासिकमा आफ्नो खुद नाफा घटाएको छ । गत आवको यहि अवधिमा बैंकको खुद नाफा २६ करोड २५ लाख ६९ हजार रुपैयाँ रहेको थियो । भने बैंकको चालू आवको दोस्रो त्रैमासिकसम्मको खुद नाफा २४ करोड ५० लाख ३७ रहेको छ । जून अघिल्लो आवको यहि अवधिको तुलनामा १ करोड ७५ लाख ३२ हजार अर्थात ६ दशमलव ६७ प्रतिशतले कमि हो ।

सांग्रिला डेभलवमेन्ट बैंक

सांग्रिला डेभलवमेन्ट बैंकले चालू आवको समिक्षा अवधिको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले आवको ६ महिनाको अवधिमा १९ करोड १३ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको गत आवको यसै अवधिमा बैंकको नाफा १९ करोड ४५ लाख ६३ हजार रुपैयाँ रहेको थियो । जस अनुसार बैंकले ३२ लाख रुपैयाँ नाफा घटाएको छ ।

देव विकास बैंक

देव विकास बैंकले चालू आवको दोस्रो त्रैमासिकमा १३ करोड ८१ लाख ६३ हजार खुद नाफा कमाएको छ । गत आवको यहि अवधिमा सोही अवधिको तुलनामा ३ दशमलव ५० प्रतिशतले कमि भएको छ । बैंकको गत आवको दोस्रो त्रैमासिकको नाफा १८ करोड ७७ लाख ७६ हजार आर्जन गरेको थियो ।

कामना सेवा विकास बैंक

कामना सेवा विकास बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । तथ्यांक अनुसार बैंकले यस अवधिमा १२ करोड ९८ लाख खुद नाफा कमाएको छ । दोस्रो त्रैमासिकको वित्तीय विवरण अनुसार गत आवको तुलनामा ४ दशमलव शुन्य ६ प्रतिशतले कमि हो । त्यस्तै बैंकले गत आवको यहि अवधिमा १३ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । त्यस्तै दोस्रो त्रैमासिकसम्ममा विकास बैंक मध्ये सबैभन्दा कम नाफा आर्जन गर्नेमा कामना सेवा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?