भिडियोकलबाटै यसरी भयो इन्गेजमेन्ट !

काठमाडौं । टेक्नोलोजीले टाढा रहेका मानिसहरुलाई पनि नजिकै भएको अनुभव गर्न मिल्ने बनाउँछ । तर अहिले टेक्नोलोजीकै कारण बिभिन्न अनौठा घटनाहरु हुने गरेका छन् ।

भारतको गुजरातमा एक जोडिको इन्गेजमेन्ट अनलाइनबाटै भएको छ । सोशल मिडियामा यस प्रकारको अनौठो इन्गेजमेन्टको भिडियो भाइरल भइरहेको छ ।

परिवारले भिडियो कलको माध्यामबाट जोडिको इन्गेजमेन्ट गरिदिएका हुन् । उनीहरुले सबै कुराहरु भिडियो कलबाटै गरेका थिए । साथै उक्त भिडियोमा परिवारका सबै उपस्थित भएका थिए ।

इन्गेजमेन्टमा गहनासहित मिठाईहरु राखिएको थियो । स्मार्टफोनबाटै विधि विधान सहित पूजा भएको छ । जसमा एउटा स्क्रीनमा युवक र दोश्रो स्क्रीनमा युवतीलाई देखाइएको थियो ।

भिडियोका अनुसार युवतीलाई घुम्टो पनि स्मार्टफोनबाटै ओढाइएको थियो । त्यति मात्रै होइन, युवक तथा युवतीले एक अर्कालाई फोनबाट नै औँठी लगाइदिएका थिए ।

यो अनौठो तरिकाबाट भएका इन्गेजमेन्ट अहिले भाइरल भईरहेको छ । कतिपयले त्यसबारे प्रविधिको उचित प्रयोग भएको बताएका छन् भने कतिपयले परम्परमाथिको खेलवाड गरेको बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?