काठमाडौँ सांस्कृतिक विविधताको अनुपम भण्डार : राष्ट्रपति भण्डारी

काठमाडौँ, ३१ भदौ ।राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यका परापूर्वकालदेखि नै सांस्कृतिक विविधताको अनुपम भण्डारका रुपमा रहेको बताएकि छन ।नरदेवी श्वेतकाली माईको १२ वर्षे पर्व देवी नाचको आज हनुमानढोका दरबारको नासल चोकमा आयोजित समापन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले यस्तो संस्कृति संरक्षणका लागि संघीय र स्थानीय सरकारको ध्यान जानुपर्ने बताईन ।सांसद नवीन्द्रराज जोशीले यो ऐतिहासिक नाच नेपालले विश्वसामु प्रस्तुत गर्नसक्ने गौरवपूर्ण कला भएको बताए ।सातसय वर्षअघि शुरु भएको यो नाच जीवन्त मौलिक सम्पदा भएको सांसद जोशीको भनाई छ । नाचघर बनाउन काठमाडौँ महानगरपालिकाले जग्गा उपलब्ध गराए सांसद विकास कोषबाट बनाइदिने प्रतिबद्धता पनि जोशीले जनाए ।काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिकाका सबै जात्रा सञ्चालन र भूकम्पले भत्किएका मठ मन्दिरको पुनःनिर्माणमा सहयोग गरिने वाचा गरे । नरदेवी श्वेतकाली मन्दिरको पुनःनिर्माणमा महानगरपालिकाले रु ९० लाख छुट्याएको जानकारी पनि शाक्यले दिए ।श्वेतकाली संरक्षण समितिका अध्यक्ष सत्यनारायण डंगोलले विसं २०६६ देखि शुरु भएको मेला यसपटक आठबर्षमा आजैदेखि समापन हुन लागेको जानकारी गराए । यो जात्रा यसअघि विसं २०३७ मा भएको थियो ।बाह्र वर्षमा नरदेवी, इन्द्रचोक, भक्तपुर, ललितपुर, बनेपा, धुलिखेललगायत १२ स्थानमा लैजानुपर्ने नियम रहेको छ । यो मेला विशेष अवसर पारेर शुरु गरिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?