एमाले–माओवादी प्रदेशमा भागबण्डाः एमालेलाई चार सभामुख, माओवादीलाई दुई

काठमाडौं, १४ माघ – नेकपा एमाले र माओवादी केन्द्रबीचको कार्यदलले प्रदेशसभाका लागि सातदेखि एघार जनाको मन्त्रिमण्डल बनाउने निर्णय गरेको छ । आइतबार बसेको कार्यदलको बैठकले यस्तो निर्णय गरेको हो बैठकले प्रदेश नम्बर १, ३, ४ र ५ मा नेकपा एमालेलाई मुख्यमन्त्री दिने निर्णय गरेको छ भने प्रदेश नम्बर ६ र ७ मा प्रदेशमा माओवादी केन्द्रलाई मुख्यमन्त्री दिने निर्णय गरेको छ त्यस्तै प्रदेश नम्बर १, ३, ६ र ७ मा सभामुख पद एमालेले पाउने भएको छ भने एमाले सभामुख भएका प्रदेशमा माओवादीले उपसभामुख पाउने भएको छ । त्यस्तै प्रदेश नम्बर ४ र ५ को सभामुख माओवादी केन्द्रलाई हुनेछ भने उपसभामुख एमालेलाई दिने निर्णय गरिएको एमाले नेता सुवास नेम्वाङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?