साम्बा सर्वाधिक गोलकर्ता

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर सावित्रा भण्डारी(साम्बा) भारतको हिरो महिला लिग फुटबलमा सर्वाधिक गोलकर्ता बनेकी छिन् ।

च्याम्पियन टिम गोकुलम केरेलाबाट लिग खेलेकी सावित्राले ७ खेलमा १८ गोल गर्दै सर्वाधिक गोलकर्ताको अवार्ड हात पारेकी हुन् । सर्वाधिक गोलकर्ता बनेसँगै सावित्राले १ लाख भारतीय रुपैया प्राप्त गरिन् ।

बैंगलोरमा शुक्रबार भएको फाइनलमा क्रिप्सा एफसीलाई ३-२ गोल अन्तरले पराजित सावित्राले निर्णायक गोल गरेकी थिइन् ।

यो पनि पढ्नुहोस् : साम्बा यसरी बनिन् दक्षिण एसियाकी ‘बेष्ट स्ट्राईकर’(भिडियोसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?