फरार अभियुक्त पक्राउ, तोकिएको थियो पाँच करोड ७५ लाख जरिवाना

चितवन, १४ माघ – पुनरावेदन अदालत पाटनले तीन वर्ष कैद र रु पाँच करोड ७५ लाख जरिवाना तोकेको फरार अपराधीलाई प्रहरीले पक्राउ गरेको छ अदालतको फैसलापछि फरार रहेका काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदी घर भएका ३४ वर्षीय विमल खड्कालाई गएराति प्रहरीले पक्राउ गरेको हो । उनलाई भरतपुर महानगरपालिका–१२ गोन्द्राङबाट पक्राउ गरी आज जिल्ला अदालत चितवनमा बुझाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ढकालका अनुसार खड्कालाई नेपाल राष्ट्र बैंकको जायरीले बैंकिङ कसुरको मुद्दामा २०७१ असोज १ गते पुनरावेदन अदालत पाटनले तीन वर्ष कैद र रु पाँच करोड ७५ लाख जरिवाना तोकेको थियो केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका खड्कालाई पाटन अदालतबाट जिल्ला अदालत चितवनमा कागजपत्र पठाई जिल्ला कारागार पठाइएको ढकालले जानकारी दिनुभयो जिल्ला प्रहरी कार्यालय चितवनलको फरार अभियुक्त पक्राउ अभियानअन्तर्गत खड्कालाई पक्राउ गरिएको ढकालले बताउनुभयो । यसैबीच अदालत फैसला कार्यान्वयन इकाइ चितवनले चालु आवको छ महिनामा ९२ जनालाई नियन्त्रणमा लिई अदालतको फैसला कार्यान्वयन गराएको छ । अदालतका तहसिलदार धनीप्रसाद चपाईंका अनुसार पक्राउ पर्नेमा सात जना कैद भुक्तान गर्नु पर्ने व्याक्ति रहेका छन् । अन्य जरिवाना असुल गर्नुपर्ने रहेको उहाँले जानकारी दिनुभयो पक्राउ परेकाबाट २८ लाख ९८ हजार ५३९ रुपैयाँ ७० पैसा जरिवाना असुल गरिएको छ भने २१२ वर्ष सात महिना २० दिन कैद भुक्तान गराइएको छ । जिल्लामा चार हजार १६५ जनालाई फैसला कार्यान्वयनका लागि नियन्त्रणमा लिन बाँकी रहेको चपाईंले जानकारी दिनुभयो जरिवाना लागेका दुई हजार ७९०, कैद तोकिएका ४५७ र कैद तथा जरिवाना दुवै लागेका ९१८ रहेका छन् । उनीहरुबाट दुई हजार ३५ वर्ष आठ महिना कैद भुक्तान गराउनुपर्ने छ भने १३ करोड २१ लाख ५७१ रुपैयाँ ६० पैसा असुली गर्न बाँकी रहेको छ अदालतले फैसला गरेका मुद्दाहरुको कार्यान्वयनका लागि बनाइएको यस इकाइले विभिन्न अपराधिक क्रियाकलापमा संलग्न भई फरार रहेका व्यक्तिलाई पक्राउ गरी अदालतमा बुझाउने काम गर्दछ । इकाइमा अदालतका एक कर्मचारी र तीन प्रहरी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?