महिला मात्र जान पाउँने अनौठो टापु !

काठमाडौं । हामीले गर्ल्स पार्टी, गर्ल्स स्कुल र गर्ल्स होस्टेल आदिको बारेमा सुनेका नै छौँ । तर महिलाहरु मात्रै जान जिउँने टापुको बारेमा सायदैलाई मात्र थाहा होला ।

उक्त टापुमा पुरुषहरु जान निषेध छ । उक्त महिलाको लागि मात्र खुल्ला गर्नुमा अमेरिकी व्यवसायी महिला क्रिस्टिना राथको देन छ । फिनल्याण्डको बाल्टिक समुद्र नजिक पर्ने यो टापुको नाम सुपर सी हो । उक्त टापु गर्मी याममा मात्र खुल्ने गर्दछ ।

अमेरिकी व्यवसायी राथ लामो समयदेखि त्यस्तै ठाउँको खोजीमा थिइन् जहाँ महिलाहरुले स्वतन्त्रतापूर्वक पार्टी गर्न सकुन् र मज्जाले रमाइलो गर्न पाउन् ।

उनले त्यस टापुमा भव्य रिसोर्ट पनि बनाइएको छ । ८.४ एक्कड क्षेत्रफलको यो टापु राथले किनेर त्यहाँ आफ्नै नियम लागु गरेकी हुन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?