प्रत्येक ६ महिनामा देश बदल्ने अनौठो टापु !

काठमाडौं । गत जुलाई ३१ मा स्पेनले बिना लडाई नै आफ्नो ३ हजार वर्गमिटर जमिन फ्रान्सलाई सुम्पिएको थियो । स्पेनले दिएको त्यो जमिन पनि त्यसैगरि नै फ्रान्सले जनवरी ३१ फर्काएको थियो ।

फ्रान्स र स्पेनले लेनदेन गरिरहने यो टापुको नाम हो, फेजेन्ट टापु । पछिल्लो साढे ३ सय वर्षदेखि दुई देशबीचमा यस्तो लेनदेन भईरहेको छ ।

प्रत्येक वर्ष फेब्रुअरी १ देखि जुलाई ३१ सम्म उक्त टापु स्पेनको स्वामित्वमा रहन्छ भने अगष्ट १ देखि जनवरी ३१ सम्म फ्रान्सको स्वामित्वमा रहने गर्दछ। दुई देशको साझा स्वामित्व भएको यो टापु २ सय मिटर लामो र ४० मिटर चौडा रहेको छ ।

यो दुबै देशको सीमा क्षेत्रबाट ५० मिटर टाढा जलक्षेत्रको बीचमा पर्दछ । त्यहाँ मानिसहरु बस्दैनन्। त्यो टापुमा दुई देशका जलसैनिक बाहेक अरुलाई जान पनि निषेध छ । तर कहिलेकाहीँ मनाइने सम्पदा खुल्ला दिवसमा यो टापुमा भ्रमण गर्नका लागि सर्वसाधारणलाई पनि अनुमति दिने गरिन्छ । त्यो टापुमा धेरै शाही विवाहहरु तथा कैदी आदानप्रदान समारोहहरु पनि सम्पन्न भईसकेका छन् ।

सन् १६५९ मा फ्रान्स र स्पेनबीचको तीन वर्षे युद्ध अन्त्य भएर पाइरेनिजको सन्धी भएसँगै उक्त टापु साझा स्वामित्वमा परेको हो ।

सोही समयदेखि त्यहाँ ६६ महिने सासन लागू हुँदै आएको छ । यस टापूमा उक्त सन्धीको स्मारक पनि रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?