फोरमको नेतृत्वमा प्रदेश सरकारः अध्यक्ष यादव

काठमाडौँ, १४ माघ – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेश नं २ मा फोरमको नेतृत्वमा प्रदेश सरकार गठन हुने बताएका छन् रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले यो प्रदेशमा साधनस्रोत शून्य अवस्थामा रहेको, यहाँका मानिस पिछडिएको तथा सिंहदरबारले उपेक्षाभावले हेरेकाले यहाँका जनतामा गरिबी, बेरोजगारीजस्ता समस्या समाधान गर्न सरकारसमक्ष चुनौती रहेको बताए अर्को प्रसंगमा अध्यक्ष यादवले संविधानमा धेरै त्रुटि रहेकाले संविधान संशोधन नगरी राष्ट्रिय मुद्दा हल नहुने बताए संविधान संशोधनको विषयमा जिम्मेवारीपूर्वक एमालेले भूमिका निर्वाह गरेमा आफूहरुको सहयोग हुने बताउँदै उहाँले वाम गठबन्धनको बहुमत भएकाले हामीलाई सरकारमा किन ल्याउनुप-यो भनी प्रतिप्रश्न गरे । तर उहाँले सरकारले सहयोग चाहेको भए सहयोग गर्न तयार रहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?