२०७६, २ फाल्गुन शुक्रबार १६:०२

यशोधरामा पर्यटन प्रवर्धन विकास समिति गठन


प्रकाशित मिति : २०७६, २ फाल्गुन शुक्रबार १६:०२

कपिलबस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिकामा पालिका स्तरीय पर्यटन प्रवर्धन विकास समिति गठन भएको छ । शुक्रबार पालिकामा भएको सर्वपक्षिय बैठकबाट पालिका अध्यक्ष गिरजेश कुमार पाण्डेंयको अध्यक्षतामा ११ सदस्यिय समिति गठन भएको हो ।

नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्नका लागि प्रदेश सरकारले स्थानीय सरकारमा पर्यटन प्रवर्धन विकास समिति गठन गर्न परिपत्र गरेसंगै यशोधरा गाँउपालिकाले उक्त समिति गठन गरेको हो ।

यशोधरा गाँउपालिका विभिन्न राजनीतिक दल, उद्योगी व्यवसायी, समाजसेवी, महिला लगायतको उपस्थितीमा गठन भएको समितिमा चन्द प्रकाश दुबे, साधिका यादव, प्रेम लता भट्ट, चन्द्र प्रकाश दुबे, चन्दहरि चौधरी, राकेश पाठक, दीपनाराणय चौधरी, शम्भू शैनी, देबेन्द्र कुमार पाण्डेंय र सदस्य सचिवमा यशोधरा गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृत राम चन्दर ढकाल रहेका छन् । प्रदेशले नै समिति गठनका लागि मापदण्ड तोकेको थियो ।

त्यही मापदण्डलाई आधार मानेर यशोधरामा समिति गठन भएको यशोधरा गाउँपालिकाले जनाएको छ । सल्लाहकार वरिष्ठ पत्रकार मानोज पोडेल र समाज सेवी श्याम प्रजापति रहेका छन् ।

बैठकबाट यशोधरा गाउँपालिका क्षेत्रभित्र सम्भावना भएका पर्यटकीय क्षेत्रहरुको पहिचान गरी ३ साता भित्र पुरातात्विक पर्यटकीय क्षेत्रहरुको विवरण पेश गर्ने बताएको छ । विवरण पेश गर्नका लागि ३ सदस्यिय पर्यटकीय क्षेत्र पहिचान समिति पनि गठन गरिएको छ । जसको सदस्यहरुमा शम्भू शैनी, चन्द प्रकाश दुबे, रहनु भएको छ भने पालिकाका सामाजिक शाखाका देबेन्द्र कुमार पाण्डेंय संयोजक रहेका छन् ।

यसैगरी बैठकले पर्यटन प्रवर्धन विकास समिति सञ्चालन कार्यविधि, २०७६ को मस्यौदा तयार गर्नका लागि यशोधरा गाउँपालिका प्रशासकीय अधिकृत राजेन्द्र ढकाललाई जिम्मेवारी दिने निर्णय गरेको छ । ढकालले मस्यौदा कार्य्विधि तयार पारी आगामी बैठकमा पेश गर्नुहुने छ । समितिलाई अझ क्रियाशिल बनाउनका लागि आगामी दिनमा विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस