भागवत पुराणमा गरिएका यी १५ भविष्यवाणी, एकपछि अर्काे पूरा हुँदै

काठमाडौं । कलियुगका लागि भागवत पुराणमा बिभिन्न भविष्यवाणीहरु गरिएका छन् । प्रलय आउने र विश्व ध्वस्त हुने खबरहरु पनि हामीले बारम्बार सुन्दै र पढ्दै आएका छौँ ।

कालान्तरमा कुनै दिन हामी वरिपरिको वस्तुहरु रहने छैनन्, पृथ्वी वञ्जर हुनेछ। जीवको लागि आवश्यक पानी सुकेर जानेछ र पृथ्वीमा मात्र ढुङ्गा र माटो पिण्ड रहनेछ भन्ने कुराहरु पनि हामीले सुन्दै आएका छौँ । तर सत्य के हो, त्यो कतै लेखिएको छैन न त कुनै भविष्यवाणीले नै मान्न सकिने गरि सत्य बताएको छ।

विज्ञानले गरेका आविष्कारले गर्दा दिनानु दिन पृथ्वीको विनाश भईरहेको पनि सुन्दै आएका छौँ ।

हिन्दु ग्रन्थहरुमा पृथ्वीको बिनास कलियुगमा हुनेछ भनि बिभिन्न अवस्थामा उल्लेख गरेको पाइन्छ। भागवत पुराणको अन्तिम श्लोकले पृथ्वीको भबिष्यको ठुलो रहस्य बताएको छ । करिब ५००० वर्ष अघि वेदव्यासले लेखेका पुराणमा पृथ्वीको बारेमा बिभिन्न भविष्यवाणी छन्।

भागवत पुराणमा गरिएका यी १५ भविष्यवाणी

१. धर्म, सत्यता, स्वच्छता, सहिष्णुता, दया, उमेर, शारीरिक बल तथा सम्झने शक्ति दिनानु दिन कलिको प्रभावले घट्दै जान्छ।

श्रीमद् भागवत् १२-२-१।

२. कलियुगमा केवल ‘धन’ मात्र मानिसको राम्रो जन्म, उचित व्यवहार र असल गुणको आधार मानिन्छ। कानून र न्याय मानिसको शक्तिको आधारमा लागु हुन्छ।

श्रीमद् भागवत् १२-२-२।

३. पुरष र महिला केवल सतही आकर्षणको कारणले गर्दा मात्र मिलेर बस्नेछन। व्यापार र सफलता केवल छलमा निर्भर हुनेछ।

पुरुषत्व केवल शारीरिक सम्पर्कको अनुभवको आधारमा मापन गरिनेछ र मानिस एउटा डोरो बाँधेको आधारमा ब्राह्मण कहलिनेछ।

श्रीमद् भागवत् १२-२-३।

४. व्यक्तिको आध्यात्मिक स्थिति बाहिरी चिज तथा वस्तुहरुमै निर्भर हुनेछ र त्यहि आधारमै व्यक्तिको आध्यात्म परिवर्तन हुनेछ। जीविकोपार्जन राम्रो गर्न सकेन भने व्यक्तिको मर्यादामा प्रश्न उठ्नेछ। जो धेरै शब्दहरुमा खेल्न सक्छ र गफ हाँक्न सक्छ, उ नै सबैभन्दा विद्वान ठहरिनेछ।

श्रीमद् भागवत् १२-२-४।

५. कुनै व्यक्तिसँग धन छैन भने उ अधर्मी मानिनेछ। छल र कपटलाइ सद्गुण मानिनेछ। केवल मौखिक सहमतिले विवाह गरिनेछ, र कसैले स्नान मात्र गरेको छ भने सोच्ने छ कि उ सार्वजनिक रुपमा अरुको अगाडी आउन लायक छ।

श्रीमद् भागवत् १२-२-५।

६. एक पवित्र स्थान केवल टाढा रहेको पानीको कुण्डमा सिमित हुनेछ र सौन्दर्य कसैको कपालमा छ भन्ने सोचिनेछ। पेट भर्ने जीवको लक्ष्य हुनेछ र जो कठोर छ उ नै सत्यवादी कहलिनेछ ।

जसले परिवार पाल्न सक्छ उ विशेषज्ञ मानिनेछ र धर्मका सिद्धान्त प्रतिष्ठा जोगाउनको लागि मात्र पालना गरिनेछ।

श्रीमद् भागवत् १२-२-६।

७. जब पृथ्वी यसरी भ्रष्ट मानिसहरुले भरिन्छ तब ती व्यक्तिहरु मध्य जसले आफूलाइ शक्तिशाली देखाउन सक्छ उसले राजनैतिक शक्ति पाउने छ।

श्रीमद् भागवत् १२-२-७।

८. अनिकाल र अत्याधिक करको कारण मानिसहरु पात, जरा, मासु, जंगली मह, फल, फूल र बीउ खान बाध्य हुनेछन्। खडेरीले गर्दा सबैकुरा बर्बाद हुनेछ।

श्रीमद् भागवत् १२-२-९।

९. मानिसहरु चिसो, हावाहुरी, तापक्रमको वृद्धी, वर्षा तथा हिउँबाट प्रभावित हुनेछन्। यसको साथै आपसी झगडा, भोक, प्यास, रोग तथा चिन्ता तथा थकाइको शिकार हुनेछन्।

श्रीमद् भागवत् १२-२-१०।

१०. कलियुगको लागि मानिसको उच्चतम उमेर ५० बर्ष हुनेछ।

श्रीमद् भागवत् १२-२-११।

११. मानिसहरुले आफ्ना वृद्ध आमाबुबाको रक्षा गर्ने छैनन।

श्रीमद् भागवत् १२-२-१२।

१२. कलियुगमा मानिसहरुले केहि सिक्काको लागि मात्र पनि क्रोध पैदा गर्नेछन् । सबै मित्रवत् सम्बन्धलाइ त्याग्नेछन् र आफ्नो र अरुको ज्यान लिनको लागि तयार हुनेछन्।

श्रीमद् भागवत् १२-३-४१।

१३. संस्कार नभएका मानिसहरुले भगवानको लागि भनि दान स्वीकार गर्नेछन् जसलार्इ धर्म र संस्कृतिको बारेमा ज्ञान हुदैन त्यो व्यक्तिले नै सबैभन्दा अग्लो कुर्सीमा बसेर धार्मिक प्रवचन दिनेछ।

श्रीमद् भागवत् १२-३-३८।

१४. सेवकहरुले उसको मालिकको धन सकिए पछि छाड्नेछन् चाहे त्यो मालिक सन्त र उदाहरणीय व्यक्ति नै किन नहोस्।

मालिकले परिवारमा पुस्तौँबाट रहदैआएका सेवकहरु अशक्त भएमा परित्याग गर्नेछन्। जब दूध दिन छोड्दछन् तब गाईहरु वेवारिसे छिडिनेछन वा मारिनेछन्।

श्रीमद् भागवत् १२-३-३६।

१५. शहरहरुमा चोर तथा फटाहाहरुको बास धेरै हुनेछ । वेद नास्तिकहरुको गलत व्याख्याले भरिनेछ। राजनैतिक नेताहरुले विस्तारै जनता भस्म पार्नेछन्। पण्डित तथा बुद्धिजीवीहरु पेट भर्नमै व्यस्त हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?