ताली बजाउना साथ पानी माथि आउँने रहस्यमयी दलाही कुण्ड !

काठमाडौं । संसारमा अनेक रहस्यमयी ठाउँहरु छन् जहाँका नियम र चमत्कारहरु देखेर हामीलाई अचम्म लाग्छ । रहस्यमय ठाउँहरुमध्येकै एउटा कुण्ड भारतमा पनि रहेको छ ।

उक्त कुण्डको बरेमा वैज्ञानिकहरुलेनै अनविज्ञ छन् । भारतको झारखण्डस्थित बोकारो जिल्लामा यो कुण्ड रहेको छ । कुण्डको रहस्यमय विशेषताले तपाई अचम्ममा पनु हुनेछ । त्यो कुण्डको छेउमा गएर ताली बजाएपछि पानी अफै माथि आउछ ।

ताली बजाउदा कुनै भाँडोमा तताएको पानी उम्लिरहेको जसरी माथि आउँछ । उक्त कुण्डका यो बाहेक पनि धेरै विशेषताहरु रहेका छन् ।

कुण्डमा चिसोमा तातो र तातोमा चिसो पानी निस्कन्छ । त्यहाँ नुहाएपछि चर्मरोग सम्बन्धी सबैखाले रोग हट्ने जनविश्वास रहि आएको छ ।

साथै कुण्डमा गएर मागेका वरदान प्राप्त हुने विश्वास पनि गरिन्छ । दलाही नामको यो कुण्डबाट निस्किएको पानी गर्गा नदीमा मिसिने गरेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?