२०७८,जेष्ठ,१,शनिवार

जहाँका महिला जीवनभर मात्र एकपटक नुहाउँछन्, त्यो पनि आफ्नो विवाहमा !


काठमाडौं । अफ्रिकाको उत्तरपूर्वी नामिबियास्थित कुनेन प्रान्तमा बस्ने हिम्बा जनजातीका महिलाहरु आफ्नो जिवन पर्यन्तसम्म मात्रै एकपटक नुहाउने गर्दछन् । त्यो पनि आफ्नो विवाह हुने बेलामा ।

उक्त समुदायका महिलालाई पानीको प्रयोग गर्न निषेध छ । साथै उनीहरुले आफ्नो कपडा धुन पनि पाउँदैनन् । त्यहाँका महिलाको शरीरको छालाको रंग पनि रातो हुन्छ ।

हिम्बा जनजातीका महिलाहरु नुहाउनुको साटो शरीरबाट दुर्गन्ध नआओस् भनेर विशेष प्रकारका जाडिबुटीहरुलाई पानीमा उमालेर त्यसबाट आउने वाफले आफ्नो शरीरलाई फ्रेस राख्ने गर्दछन् । त्यसै कारणले कहिल्यै ननुहाउँदा पनि उनीहरुको शरीर दुर्गन्धित भने हुँदैन ।

प्राय जिउ नांगो राख्ने यस समुदयाका महिलाहरु आफ्नो छालालाई घामबाट बचाउनका लागि विशेष खालको लोसन लगाउने गर्दछन् ।

त्यो लोसन जनावरको बोसो र हेमाटाइट नामक खनिजको धुलोलाई एकसाथ मिलाएर तयार पारिन्छ । हेमाटाइटका कारण छालाको रंग रातो हुने गर्दछ ।

लेपनले उनीहरुको ज्यानलाई किराहरुले टोक्नबाट जोगाउने गर्दछ । पुरुषहरुबाट अलग देखिनलाई पनि त्यस समुदायका महिलाहरु शरीरमा रातो रंग लगाउँने गर्दछन् ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: २०७६,फाल्गुन,४,आईतवार १८:०२


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी । भारतको कर्नाटकी एक ७३ वर्षीया महिलाले आफ्नो विवाहका लागि दुलाहा खोज्दै विज्ञापन छपाएकी छन् । ७३ वर्षीया अवकाशप्राप्त शिक्षक

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा एउटा ‘भिडियो क्लिप्स’ भाइरल भइरहेको छ । यो भिडियो हेर्दा तपाईको हाँसो रोकिँदैन ।

काठमाडौं । विवाहमा राम्रो लुगा लागाउने, गहना लगाउने चलन पहिले देखी नै रहँदै आएको छ । नयाँ लुगा लगाउने, गहना

काठमाडौं । कोरोना कहरका कारण अहिले सारा विश्वनै आक्रान्त छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना १५ करोड ७५ लाख ६८

अट्टाहस-५
 २०७८,जेष्ठ,१,शनिवार १०:३२
अन्नपुर्णमा आइसोलेसन सञ्चालन
 २०७८,जेष्ठ,१,शनिवार ०८:५७