एउटै आलुलाई १२ करोड !

काठमाडौं । एक आइरिस सेलिब्रेटी फोटोग्राफरले आइरिस आलूको फोटो १२ करोड रुपैयाँमा बिक्री गरेका छन् । केबिन एबोसले आफूले अर्गानिक आलूको फोटो एक अज्ञात युरोपेली व्यवसायीलाई बिक्री गरेको पुष्टि गरेका हुन् ।

उक्त फोटो २०१० मा खिचिएको थियो । त्यसको पोर्टफोलियो सटिबन सपिलबर्ग, माइलक पेलिन, फेसबुकको शेरिल स्यान्डवर्ग तथा मलाला यसूफजईमा पनि समावेश छ । आलूको प्रिन्टको तीन भर्सन रहेको छ ।

आलुको एक भर्सन फोटोग्राफरको निजी संग्रहमा राखिएको छ । अर्को फोटो भने उनले सर्भियाको एक म्यूजियममा दान गरेका छन् र तेस्रो अज्ञात व्यवसायीलाई बिक्री गरेका छन् । कसैले आफ्नै घरबाट कलाकृति खरिद गरेको यो पहिलो पटक नभएको एबोशले बताएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यामसँग उनले व्यापारीसँगै बसेर दुई ग्लास वाइन पिएको पनि बताएका छन् । वाइन पिउँदाको समयमै व्यापारीले आफ्नो पेन्टिङ मन पराए पछि पेन्टिङ बेचेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामलाई केबिन एबोसले बताएका हुन्।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?