शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको संसद बैठक स्थगित भएको छ ।

नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि आजको बैठक शोक प्रस्ताव पारित गरेर स्थगन भएको हो ।

आज प्रधान मन्त्री केपी शर्मा ओलीले संसदमा संवोधन गर्ने कार्यक्रम थियो ।

नेपाली कांग्रेसले उपाध्यायको निधन भएपछि प्रधानमन्त्रीलाई संम्बोधन नगर्न आग्रह गर्दै संसद सचिवालयमा आग्रह गरेको थियो ।

संसद बैठक भोलि ११ बजे बस्ने सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?