प्रेम दिवसका दिन शव बाकसमा विवाह !

काठमाडौं । शव बाकसमा सुतेर विवाह गरेको कुरा सुन्दा अचम्म लाग्छ तर यो कुरा सत्य हो । आजभन्दा छ वर्षअघि थाइल्यान्डमा भ्यालेन्टाइन्स डेकै दिनमा एक जोडीले शव–बाकसमा सुतेर विवाह गरेका थिए ।

४० वर्षीय दुलहा तानापात्पुरिन सामाङ्निती र २६ वर्षीया दुलही सुनान्तालुक कङकुनले वात ताकिन मन्दिरमा यसरी अनौठो विवाह गरेका थिए ।

बैंककको बाहिरी इलाकामा रहेको त्यो मन्दिरमा उनीहरूले शव–बाकसमा सुतेर विवाह सम्पन्न गरेका हुन् । उक्त जोडीको विवाह बौद्ध भिक्षुहरूले गराएका थिए ।

शव-बाकसमा केही बेर सुत्दा आयु लामो हुने स्थानीय विश्वास अनुसार तानापात्पुरिन र सुनान्तालुकले त्यसरी विवाह गरेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?